NIMB Long Banner Ad

२०८३ भाद्र ३० गते मंगलबार, तदनुसार 15 सेप्टेम्बर सन् 2026 को राशिफल

1.55K
shares

आज मिति २०८३ साल भाद्र ३० गते मंगलबार, तदनुसार 15 सेप्टेम्बर सन् 2026, भाद्र शुक्लपक्ष चतुर्थी तिथि,०७:५४ सम्म, त्यसपछि पञ्चमी आज गणेश चतुर्थीको पारण दिन, नक्षत्र: स्वाती १६:४२ सम्म, त्यसपछि विशाखा,योग: ब्रह्म / इन्द्र, करण: विष्टि / बव, चन्द्रराशि: तुला, सूर्यराशि: सिंह,सूर्योदय ०५:४९, सूर्यास्त १८:१२,आज जन्मिने बालकको राशि तुला हुनेछ ।आज हनुमानजीको दिन हो । आज गणेश चतुर्थी र ऋषि पण्चमी पर्व मनाइदै । रातो फूल र लड्डु गणेशजीलाई चढाउँदा शुभ हुनेछ । यात्रामा गुड वा धनियाँ खाएर निस्कनु होला ।

image

परिवारको साथले उत्साह जगाउने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, प्रेम र मित्रताको बन्धन कसिने, व्यापार बढ्नाले आम्दानी राम्रै रहनेछ ।

image

मिहिनेतीका लागि निकै उत्साहजनक दिन छ । प्रतिस्पर्धामा विजयी भइनेछ, शत्रु परास्त हुनेछन्, आर्थिक लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ ।

image

काम बिग्रने भय भए पनि प्रयत्नले सकारात्मक संकेत प्राप्त हुनेछ । शुभचिन्तकले साथ दिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

image

अरूको फाइदाका लागि उपयोग भइने दिन छ ।आफ्ना लागि परिस्थिति प्रतिकूल रहन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्न सक्छ - सजग रहनु होला ।

image

पराक्रम बढ्ने, रोकिएका काम बन्ने दिन छ । दाजुभाइसँग सहयोग मिल्ने छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

image

बोलीले काम बन्ने दिन छ । धन लाभ र भोजन सुख मिल्नेछ । कुटुम्बको सहयोगले प्रगतिहुनेछ ।

image

मन प्रसन्न, नयाँ योजना सुरु हुने छ। शारीरिक स्फूर्ति बढ्नेछ ।मनमा आनन्दको अनुभुति हुनेछ । उपहार मिल्नेछ ।नयाँ जागिरको खोजीमा लागिने छ । आफन्तको सहयोग मिल्नेछ ।

image

खर्च बढ्ने दिन छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ । विदेश वा टाढाको काममा सफलता मिल्नेछ ।

image

आय बढ्ने दिन छ । पुरानो लगानीबाट लाभ मिल्नेछ । ठूलो इच्छा पूरा हुने छ । आफन्त भेट घाटमा दिन बितेर जानेछ ।सन्तानको मायाले सताउने छ ।

image

कार्यक्षेत्रमा सम्मान मिल्ने दिन छ । नयाँ पद वा जिम्मेवारी मिल्न सक्छ। यात्रामा परिने छ।प्रेम मिलन हुनेछ ।

image

भाग्य बलियो रहेको छ । धर्मकर्ममा मन जाने छ । यात्रा सफल रहेको छ । दिनभर रमाइलोको अनुभव हुनेछ ।मित्र मिलनको दिन समेत रहेको छ ।

image

गोप्य कुरा बाहिरिन सक्छ । स्वास्थ्य र कागजातमा ध्यान दिनु होला ।जोखिमयुक्त काम नगर्नु होला । बिबादास्पद काम देखि टाढा रहनुहोला।

~ज्यो.कलानिधी WhatsApp 9803032959