सुनचाँदीको भाउ आज पनि घट्यो
वि.सं.२०८३ भदौ ३० मंगलवार १२:००
713
shares
shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबार पनि सुनको भाउ १ हजार २०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार भने १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।
त्यस्तै हिजो ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आज थप २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

















