NIMB Long Banner Ad

उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

104
shares

काठमाण्डौ । भक्तपुर र काठमाण्डौको सीमाना भएर बग्ने मनोहरा खोलामा गएराति बाढी आएपछि आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरामा जोखिम रहेको हो।

यी जिल्ला भएर बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।