NIMB Long Banner Ad

उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

299
shares

काठमाडौँ । न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ।

सिफारिस हुनेमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंह रहेका छन्।

पोखरेललाई उच्च अदालतमा, बेलबासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको हो।

बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा समेत सिफारिस गरेको छ।