आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसव बिदाको प्रस्ताव
वि.सं.२०८३ भदौ ३१ बुधवार १२:३३
377
shares
shares

काठमाण्डौ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार प्रस्तावित संशोधनमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसव बिदा दिने व्यवस्था छ ।
बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री गौतमले बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताउनुभएको छ । उहाँले नवजात शिशु र परिवारका लागि अभिभावकलाई पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।
विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको उहाँले जानकारी दिनुभएको छ ।
















