सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढ्यो
वि.सं.२०८३ भदौ ३१ बुधवार १२:४६
546
shares
shares

काठमाडौँ । बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ र चाँदी चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँ र चाँदी चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
















