NIMB Long Banner Ad

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ? सुचिसहित

728
shares

काठमाण्डौ । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

भारतमा निश्चलनाथ पाण्डे, चीनमा कल्याणराज शर्मा र अमेरिकामा चिरनजङ्ग थापा सिफारिस भएका छन् ।

सिफारिस भएका नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशको एग्रिमोका आधारमा राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।
१३ देशका लागि राजदूत सिफारिस

भारत — डा. निश्चलनाथ पाण्डे
चीन — डा. कल्याणराज शर्मा
अमेरिका — चिरनजंग थापा
बेलायत — गौरव शमशेर जंगबहादुर राणा
जापान — जिग्यानकुमार थापा
इजरायल — सुरेशकुमार कर्ण
स्पेन — प्राप्ति शेरचन
जर्मनी — शरू जोशी
ओमान — डा. पद्माक्षी राणा
मलेसिया — चूडामणि खरेल
दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ
श्रीलंका — डा. मञ्चला झा
साउदी अरब — गिरीबहादुर सुनार