१३ देशमा राजदूत सिफारिस
सरकारले १३ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिस गरेको हो। राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाइने छ ।
वि.सं.२०८३ असोज २ शुक्रवार १७:४२
shares

असोज २ काठमाडौं । सरकारले १३ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिस गरेको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णको नाम राजदूतमा प्रस्ताव गरेको छ । यस्तै, स्पेनको राजूतमा प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम प्रस्ताव गरिएको छ। राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाइने छ ।
















