NIMB Long Banner Ad

विश्वका उत्कृष्ट शहरमा न्युयोर्क पहिलो, काठमाडौँ ६८७ औँ स्थानमा

644
shares

काठमाण्डौ । ‘ग्लोबल सिटिज इन्डेक्स–२०२६’ मा अमेरिकाको न्युयोर्क विश्वकै उत्कृष्ट शहर बनेको छ। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सूचीमा न्युयोर्क १०० अङ्कसहित पहिलो स्थानमा परेको हो।

सूचीमा बेलायतको लन्डन ९८.८ अङ्कसहित दोस्रो र फ्रान्सको पेरिस ९३.४ अङ्कसहित तेस्रो स्थानमा छन्। उत्कृष्ट १० शहरमध्ये पाँच वटा अमेरिकाका छन्।

अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौँ, आयरल्यान्डको डब्लिन छैटौँ, अमेरिकाको बोस्टन सातौँ, सान होजे आठौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा छन्।

१ हजार ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासनका आधारमा मूल्याङ्कन गरिएको हो। नेपालको राजधानी काठमाडौँ भने ६८७औँ स्थानमा छ।

काठमाडौँ अर्थतन्त्रमा ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, जीवनस्तरमा ८४०औँ, वातावरणमा ६३९औँ र शासनमा ६३५औँ स्थानमा रहेको छ।