त्रिशूली–१ सुरुङबाट ६ शव निकालियो
वि.सं.२०८३ असोज २ शुक्रवार १४:२२
585
shares
shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ६ जनाको शव सुरुङबाट निकालिएको छ।
शुक्रबार आयोजना प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।
ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्युको प्रयोग गरी शव बाहिर निकालिएको आयोजनाले जनाएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए।
















