NIMB Long Banner Ad

एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

780
shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ। सीआईबीले अनुसन्धानका लागि केही कागजात नियन्त्रणमा लिएको छ।

टोलीले एन्फाका पदाधिकारीसँग सोधपुछसमेत गरेको छ। एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीसँग पनि सोधपुछ गरिएको जनाइएको छ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले एन्फाको विषयमा अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिइएको बताएका छन्।