NIMB Long Banner Ad

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

3.55K
shares

असोज २ काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवा तथा कामकाजमा खटाइएकामध्ये विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्। मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा पठाइएको छ भने स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय, विभाग तथा अन्य निकायमा सरुवा गरिएको छ ।