NIMB Long Banner Ad

परराष्ट्रमन्त्री खनाल महासभामा सहभागी हुन अमेरिका जाँदै

1.73K
shares

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ।

मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ। उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुनेछ।

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने कार्यक्रम छ। उहाँले महासभामा असोज ८ गते सम्बोधन गर्नुहुनेछ।