प्रख्यात जंगली हात्ती ‘रोनाल्डो’ मृत भेटियो
वि.सं.२०८३ असोज ३ शनिवार १४:००
195
shares
shares

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र २० हजारी ताल–कुमाल ताल क्षेत्रमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ।
सौराहा खोरसोरस्थित हात्ती प्रजनन केन्द्रको प्रमुख जंगली भाले हात्तीका रूपमा परिचित रोनाल्डो आज बिहान मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार प्रारम्भिक जानकारी आए पनि मृत्युको थप विवरण खुल्न बाँकी छ।
करिब ५३ वर्षको रोनाल्डो २४ वर्षदेखि सौराहा क्षेत्रमा देखिँदै आएको थियो। बिजुलीको पोल ढलेको अवस्थामा भेटिएकाले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रजनन केन्द्रमा रोनाल्डोबाट ३३ वटा हात्तीका बच्चा जन्मिएका छन्। निकुञ्जका अनुसार रोनाल्डोको आक्रमणमा परी हालसम्म १५ जनाको मृत्यु भएको थियो।
















