NIMB Long Banner Ad

दसैँको अग्रिम टिकट बुकिङ मौसम र विपद्को अवस्था हेरेर मात्रै खुलाइने

2.22K
shares

काठमाडौँ। यातायात व्यवस्था विभागले प्रतिकूल मौसम र विपद्को अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ।

सोमबार चाडपर्व लक्षित यातायात व्यवस्थापनबारे सरोकारवालासँग छलफल गर्दै विभागले बाढीपहिरोका कारण सडकको अवस्था र आगामी दिनको मौसम हेरेर आवश्यक निर्णय गर्ने जनाएको हो।

दसैँमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ कडाइका साथ गरेर मात्रै रुट परमिट दिने, सडक जाम नियन्त्रण तथा राजमार्गका होटल, खाजाघर र शौचालयको सरसफाइ अनुगमन गर्ने निर्णय पनि भएको छ। यस्तै, चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पहल गर्ने र अवरुद्ध राजमार्ग तत्काल मर्मत तथा सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने विभागले जनाएको छ।