NIMB Long Banner Ad

२०८३ असोज ६ गते, मंगलबार तदनुसार २२ सेप्टेम्बर सन् २०२६ को राशिफल

1.51K
shares

वि.सं. २०८३ असोज ६ मंगलबार, तदनुसार २२ सेप्टेम्बर सन् २०२६,,भाद्र शुक्लपक्ष एकादशी तिथि – हरिपरिवर्तिनी ÷ पाश्र्व एकादशी ÷ वामन जयन्ती,ऋतुः शरद, अयनः दक्षिणायन,नक्षत्रः श्रवण, चन्द्रराशिः मकर,नेपाल संवत् ११४६, शाके संवत् १९४८,सूर्योदय ०५ः५२ बजे, सूर्यास्त १८ः०० बजे,आज चातुर्मासमा योगनिद्रामा रहनुभएका भगवान विष्णुले कोल्टे फेर्नुहुने दिन भएकोले आजको दिनलाई हरिपरिवर्तनी एकादशी भनिन्छ। आज वामन भगवानको जयन्ती पनि हो। आजको दिनःतुलसी र शालिग्रामको पूजा गर्ने,विष्णु सहस्रनाम पाठ गर्ने,व्रत बस्ने र भोलि द्वादशीमा पारण गर्ने चलन छ । ॐ नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने,आज एकादशी भएकोले बिहानै स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्नु अति उत्तम मानिन्छ।

image

सुरुमा केही ढिलासुस्ती र सोचेजस्तो गति नभए पनि दिउँसोबाट स्थिति अनुकूल हुनेछ। हतारमा निर्णय लिनुको सट्टा धैर्यतापूर्वक काम गर्दा सफलता मिल्नेछ।

image

आर्थिक र व्यावसायिक दृष्टिले दिन शुभ छ। वैदेशिक वा टाढाको यात्राको योजना बन्न सक्छ। परिवार र साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन्।

image

सोचेभन्दा बढी मिहिनेत गर्नुपर्ने हुन सक्छ। खर्चमा नियन्त्रण राख्नुहोला। आर्थिक विषय र लेनदेनमा स्पष्टता राख्दा अनावश्यक उल्झनबाट जोगिन सकिन्छ।

image

व्यापार–व्यवसाय र साझेदारीका काममा लाभ मिल्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आफन्त तथा जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ।

image

कार्यक्षेत्रमा आफ्ना योजनाहरू बिस्तारै सफल हुँदै जानेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ र स्वास्थ्य सामान्यतया राम्रो रहनेछ।

image

कार्यकुशलताका कारण कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। अध्ययन–अध्यापन र सिर्जनात्मक काममा सफलता मिल्नेछ।

image

पारिवारिक विषय र घरायसी काममा ध्यान दिनुपर्नेछ। भावनामा बहकिएर निर्णय नलिनुहोला। संयम र समझदारीले काम लिनु हितकर हुनेछ।

image

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। नयाँ काम वा जिम्मेवारी हात पर्न सक्छ। छोटो दुरीको यात्रा फलदायी हुनेछ।

image

बोलीको प्रभाव बढ्नेछ र आर्थिक पक्ष सबल रहनेछ। पुराना लगानी वा रोकिएका कामबाट आम्दानी हुने सम्भावना छ।

image

मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यक्तित्व प्रभावशाली रहनेछ। नयाँ योजना सुरु गर्नका लागि दिन अनुकूल छ।

image

सोचविचार गरेर मात्र खर्च गर्नुहोला। अनावश्यक यात्रा वा दौडधुप हुन सक्छ। संयमित भएर दैनिक काम पूरा गर्नु उत्तम हुनेछ।

image

आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ र रोकिएका कार्यहरू सहजै सम्पन्न हुनेछन्।

~ज्यो.कलानिधी WhatsApp 9803032959