NIMB Long Banner Ad

प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

442
shares

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नुभएका प्रधानमन्त्री शाहले असोज ९ गते महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । यो उहाँको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो ।

तीन दिन न्यूयोर्कमा रहँदा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ । सम्बोधनको भोलिपल्ट प्रधानमन्त्री शाह स्वदेश फर्किने कार्यक्रम छ ।

महासभामा उहाँले भोटेकोशी बाढी, जलवायुजन्य चुनौती, जलवायु न्याय, जलवायु वित्त र हिमाली क्षेत्रमा परेको असरबारे नेपालको धारणा राख्ने तयारी छ । परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्यूयोर्क पुगिसक्नुभएको छ ।