परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
वि.सं.२०८३ असोज ६ मंगलवार ०८:३२
416
shares
shares

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्बारे विचार आदानप्रदान भएको थियो।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
















