NIMB Long Banner Ad

महिला कबड्डीमा भारतसँग पराजित नेपाल, कास्यमा सीमित

351
shares

काठमाडौँ । २०औँ एसियन गेम्सको महिला कबड्डी सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफ ३१–१७ र दोस्रो हाफ १७–७ ले आफ्नो पक्षमा पार्‍यो ।

भारतसँग पराजित भए पनि नेपालले कास्य पदक पक्का गरेको छ । नेपाल यसअघिको १९औँ एसियन गेम्समा पनि भारतसँग सेमिफाइनलमा पराजित हुँदै कास्यमै सीमित भएको थियो ।

जारी एसियन गेम्समा यो नेपालको दोस्रो पदक हो । यसअघि पुरुष करातेको ८४ केजी कुमितेमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।