उपत्यकाका नदी करिडोरमा यात्रा नगर्न आग्रह
वि.सं.२०८३ असोज ९ शुक्रवार १२:४५
851
shares
shares

काठमाडौं । काठमाडौं उपत्यकाका नदीमा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोरमा यात्रा नगर्न आग्रह गरेको छ ।
ललितपुरको च्यासलस्थित पुलमा बाढीले छोएपछि पुलबाट आवतजावतसमेत रोकिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नदीको जलसतह बढेसँगै तटीय क्षेत्रमा निगरानी बढाइएको छ । करिडोरमा यात्रा नगर्न प्रहरीले माइकिङसमेत गरिरहेको उहाँले बताउनुभयो ।
















