बागमती र विष्णुमतीमा पानीको बहाव बढ्यो (फोटोफिचर)
वि.सं.२०८३ असोज ९ शुक्रवार १३:३२
338
shares
shares

काठमाडौँ, असोज ९ गते । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती र विष्णुमती नदीमा पानीको बहाव बढेको छ ।
नदी आसपासका क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै नदी किनार, तटीय तथा डुबानको जोखिम भएका क्षेत्रमा नजान र सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।
लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।



















