सीको सम्मानमा ट्रम्पले आयोजना गरे राजकीय रात्रिभोज
वि.सं.२०८३ असोज ९ शुक्रवार १५:३०
390
shares
shares

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गर्नुभएको छ ।
रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेता सहभागी थिए । ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सकिने बताउनुभयो ।
सीले पनि दुवै देशका राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुन सक्ने धारणा व्यक्त गर्नुभयो । दुई नेताबीच ताइवान, व्यापार र कृत्रिम बौद्धिकता ९एआई० लगायतका विषयमा छलफल भएको थियो ।
रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, जेफ बेजोस, एलन मस्क र गुगलका सुन्दर पिचाईलगायत सहभागी थिए ।


















