NIMB Long Banner Ad

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल विजयी

585
shares

काठमाडौँ । २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बिहान ६ बजे जापानसँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् । शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।