NIMB Long Banner Ad

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

1.79K
shares

असोज ११ काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ पर्नु भएको छ । उहा गएराति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै घरबाटै पक्राउ पर्नु भएको हो ।
उहालाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । उहाविरुद्धको कसुर भने खुलाइएको छैन । तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहा निलम्बनमा पर्नु भएको थियो ।

न्यायालय नेतृत्वमा छँदा मन्त्रिपरिषद्‍मा भागबन्डा खोजेको लगायतका गम्भीर आरोप लागेपछि उहामाथि कानुन व्यवसायीहरूले लामो समय आन्दोलन नै चलाएका थिए।
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उहा सर्वोच्च अदालत फर्किन पाउनु भएन । उहा निलम्बित अवस्थामै उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको थियो ।