सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो
वि.सं.२०८३ असोज १३ मंगलवार १३:१३
364
shares
shares

काठमाडौँ, असोज १३ गते । स्थानीय बजारमा मंगलबार #सुनचाँदीको मूल्य
घटेको छ । छापावाल सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० र चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

















