NIMB Long Banner Ad

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १५ गते

416
shares

काठमाडौँ, असोज १३ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १५ गते काठमाडौँको खुलामञ्चमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन उद्घाटन समारोह दिउँसो २ बजे आयोजना हुनेछ ।

कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ । केही निर्वाचन क्षेत्रमा भारी वर्षाका कारण अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले पनि उद्घाटन समारोह तोकिएको मितिमै गर्न लागिएको जनाइएको छ ।

महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा अघि बढिरहेको कांग्रेसले जनाएको छ ।