NIMB Long Banner Ad

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

455
shares

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चौमालाका अनुसार च्याउ टिप्न वनमा गएका स्थानीय ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार आज बिहान करिब ५ बजे चौधरीसहित तीन जना च्याउ टिप्न वनमा गएका थिए । सोही क्रममा बाघले चौधरीमाथि आक्रमण गरेको थियो ।

चौधरीसँगै वनमा गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।