एसियाली खेलकुद खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
वि.सं.२०८३ असोज १६ शुक्रवार १०:२२
91
shares
shares

काठमाडौँ । २०औँ एसियाली खेलकुदमा सहभागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली गएराति जापानको टोकियोबाट काठमाडौँ आइपुगेको हो ।
नेपालले प्रतियोगितामा पदक जित्न नसके पनि समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि पाँच विकेटले हराएको थियो । आयोजक जापानसँगको खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले अङ्क बाँडेको थियो ।
समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको नेपाल श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । टी–२० अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण नेपालले क्वार्टरफाइनलमा हार बेहोरेको हो ।















