NIMB Long Banner Ad

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा विभिन्न विधेयक

338
shares

काठमाडौँ, असोज १६ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् । स्वास्थ्य, फोहरमैला व्यवस्थापन, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायतका विधेयक कार्यसूचीमा छन् ।

यस्तै, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३ पारित गर्ने कार्यक्रम छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ ।

राष्ट्रियसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी प्रतिनिधिसभाको संशोधनमा सहमति जनाउने तथा आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ ।