NIMB Long Banner Ad

शुक्रबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५४.४१ रुपैयाँ

104
shares

काठमाडौँ, असोज १६ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको २०२ रुपैयाँ ९४ पैसा र २०३ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तथा क्यानेडियन डलरको १०७ रुपैयाँ ८८ पैसा र १०८ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ९४ पैसा र २३ रुपैयाँ ०३ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ९६ पैसा र ४१ रुपैयाँ १२ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने जनाएको छ ।