NIMB Long Banner Ad

२०८३ असोज १६ गते, शुक्रबार तदनुसार २ अक्टोबर सन् २०२६ को राशिफल

1.94K
shares

वि.सं.२०८३ असोज १६ गते, शुक्रबार (तदनुसार २ अक्टोबर सन् २०२६) आश्विन कृष्ण पक्ष (पितृपक्ष सोह्र श्राद्ध) षष्ठी तिथि १०ः३० सम्म), तत्पश्चात् सप्तमी, नक्षत्रः मृगशिरा (दिउँसो ०२ः१५ सम्म), तत्पश्चात् आद्र्रा, आज सप्तमी श्राद्ध, गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस।

image

आँटेका कामहरूमा प्रगति हुनेछ। पराक्रम र उत्साह बढ्नेछ। दाजुभाइ तथा मित्रहरूबाट सहयोग मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ।

image

वाणी र बोलीको प्रभाव बढ्नेछ। धन लाभको योग छ। मीठो भोजन प्राप्त हुनेछ भने नातागोता तथा परिवारका सदस्यहरूसँग रमाइलो भेटघाट हुनेछ।

image

नयाँ काम वा योजनाको सुरुवात गर्न अनुकूल समय छ। आत्मबल र मान–सम्मानमा वृद्धि हुनेछ। बिग्रिएका कामहरूलाई पुनः सच्याउने अवसर मिल्नेछ।

image

खर्चमा केही वृद्धि हुन सक्छ। वैदेशिक क्षेत्र वा दूरदराजका कामबाट लाभ मिल्नेछ। स्वास्थ्यमा केही आलस्यता देखिन सक्ने भएकाले विश्राम र खानपानमा ध्यान दिनुहोला।

image

आम्दानी र लाभका नयाँ अवसरहरू हात पर्नेछन्। रोकिएको धन उठ्न सक्छ। साथीभाइको सहयोगले ठूला काम सहजै बन्नेछन्।

image

कर्मक्षेत्रमा सफलता मिल्नेछ। कार्यस्थलमा अधिकारी तथा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको ढोका खुल्न सक्छ।

image

धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ। भाग्यले साथ दिनेछ र रोकिएका अधुरा कामहरू क्रमशः बन्दै जानेछन्। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ।

image

स्वास्थ्य र यात्रामा विशेष सतर्कता अपनाउनुहोला। गोप्य कुराहरू बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनु उपयुक्त हुनेछ। सोचेभन्दा ढिला काम सम्पन्न हुनेछ।

image

व्यापार–व्यवसायमा नयाँ सम्झौता वा साझेदारी हुन सक्छ। दाम्पत्य जीवन सुखद् रहनेछ। रमाइलो र फलदायी यात्राको योग छ।

image

प्रतिस्पर्धामा विजय हासिल हुनेछ। शत्रु तथा विरोधीहरू निष्प्रभ हुनेछन्। पुराना रोग वा झन्झटहरूबाट मुक्ति मिल्नेछ।

image

बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ। अध्ययन र पठनपाठनमा प्रगति हुनेछ। सन्तान वा अनुयायीहरूबाट शुभ समाचार सुन्न पाइनेछ।

image

पारिवारिक विषयलाई लिएर केही चिन्ता वा मतभेद हुन सक्छ। घर–जग्गा वा सवारी साधनसम्बन्धी काममा सोच–विचार गरेर मात्र निर्णय लिनुहोला।

~ज्यो.कलानिधी WhatsApp 9803032959