NIMB Long Banner Ad

परराष्ट्रमन्त्री खनाल शनिबार फिजी जाँदै, अक्टोबर ८ मा अस्ट्रेलिया पुग्ने

559
shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार फिजी प्रस्थान गर्नुहुने छ । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा हुने ‘प्रिकोप लिडर्स इभेन्ट’मा सहभागी भएपछि उनी अक्टोबर ८ मा अस्ट्रेलिया जानुहुनेछ ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फिजी जाने मन्त्री खनालले अक्टोबर ६ मा ‘लिडर्स प्लेनरी’लाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालले जलवायु परिवर्तन, जलवायु न्याय र हिमाली राष्ट्रका सरोकारका विषय उठाउनुनेछ ।

फिजी र टुभालुको कार्यक्रम सकेर अस्ट्रेलिया पुग्ने मन्त्री खनालले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरा र सिड्नीमा नेपाली समुदायसँग आयोजित कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछन् । उनी अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।