निजामती महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव
वि.सं.२०८३ असोज १५ बिहीवार १७:२५
1.45K
shares
shares

काठमाडौँ । निजामती महिला कर्मचारीले अब महिनावारी (रजस्वला) बिदा पाउने गरी सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा पहिलोपटक महिनावारी बिदालाई छुट्टै बिदाका रूपमा समेटिएको हो ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बिहीबार प्रतिनिधिसभा सचिवालयमा दर्ता गराउनुभएको विधेयकमा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा महिनावारी बिदा थप गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, महिनावारी, मृत्यु संस्कार, अध्ययन र असाधारण गरी नौ प्रकारका बिदा हुनेछन् ।
हाल प्रचलित कानुनमा महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन । विधेयकमा भने महिनावारी बिदा कति दिन पाउने भन्ने खुलाइएको छैन ।
















