सेप्टेम्बरमा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए
वि.सं.२०८३ असोज १५ बिहीवार १७:१३
520
shares
shares

काठमाण्डौ । सन् २०२६ को सेप्टेम्बरमा हवाई मार्ग हुँदै ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.११ प्रतिशतले धेरै हो ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए । यस वर्ष भोटेकोशी बाढी तथा असोजको वर्षाका कारण पर्यटक आगमन प्रभावित हुने अनुमान गरिए पनि सङ्ख्या बढेको हो ।
यस वर्ष सेप्टेम्बरमा भारतबाट १७ हजार ४२५ र चीनबाट ११ हजार २१२ जना पर्यटक आएका छन् । चीनबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै बढेको बोर्डले जनाएको छ ।
यस्तै, युरोपबाट १५ हजार १४८, अमेरिकी महादेशबाट १० हजार १०७ र ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् ।
















