हिम्लुङ हिमपहिरोमा बेपत्ता १६ मध्ये ११ जनाको शव भेटियो
वि.सं.२०८३ असोज १५ बिहीवार १६:१०
494
shares
shares

काठमाण्डौ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव भेटिएको छ । योसँगै हिमपहिरोमा बेपत्ता १६ जनामध्ये ११ जनाको शव भेटिएको छ ।
नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) का अनुसार पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज खोजी गर्ने क्रममा चार जनाको शव फेला पारेको हो ।
यसअघि सात जनाको शव भेटिएको थियो । अझै पाँच जना बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको एनएनएमजीएले जनाएको छ ।
हिम्लुङ हिमालको आधारशिविरमा गएको आइतबार असोज ११ गते बिहान हिमपहिरो गएको थियो ।














