प्रधानमन्त्री शाह र अष्ट्रेलियाका राजदूतबीच भेट
वि.सं.२०८३ असोज १५ बिहीवार १५:०४
351
shares
shares

असोज १५ काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नेपाललाई अष्ट्रेलियाले ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री वालेन्द्र शाहले उक्त सहयोगप्रति धन्यवाद दिनुभयो ।
भेटमा राहत, पुनःस्थापना तथा पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका विषयमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता पर्वतीय मुलुकलाई ‘क्षति र नोक्सानी’सम्बन्धी वित्तीय संयन्त्रमा सहज र पर्याप्त पहुँच आवश्यक रहेको बताउनुभयो ।
राजदूत अर्न्स्टले विपद्बाट नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रभावकारी उपस्थितिको प्रशंसा गर्नुभयो ।
















