स्थानीय र प्रदेशसभा निर्वाचनमा एमालेसँग मिलेर जान्छौंः प्रचण्ड
वि.सं.२०८३ असोज १७ शनिवार २०:३८
143
shares
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य र पार्टी एकता गरेर अघि बढ्ने बताएका छन् ।
काभ्रे जिल्लाको पार्टी एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कार्यसंयोजन समितिको निर्णयअनुसार एमाले र नेकपा मसालसँग कार्यगत एकता सुरु गरिएको जानकारी दिए । आवश्यकता अनुसार सातै प्रदेशमा सरकारमा सहभागी भएको पनि उनले बताए ।
उनले आगामी दिनमा सडक आन्दोलन, संसद्भित्रको बहस तथा स्थानीय र प्रदेशसभा निर्वाचनमा समेत सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।
आगामी महाधिवेशनले पार्टी सङ्गठनलाई चुस्त बनाउनुका साथै युवाको सहभागिता सुनिश्चित गर्ने प्रचण्डको भनाइ छ ।














