NIMB Long Banner Ad

असोज १८ वि.सं.२०८३ तदनुसार ४ अक्टोवर सन् २०२६ को राशिफल

91
shares

२०८३ असोज १८ गते आइतवार (तदनुसार ४ अक्टोबर २०२६) नेपाल सम्बत ११४६,ऋतुः शरद, अयनः दक्षिणायन आश्विन कृणपक्ष अष्टमी तिथि बिहान ६ः०७ सम्म, त्यसपछि नवमी नक्षत्रः आद्र्रा १ः४४ सम्म, त्यसपछि पुनर्वसु,योगः परिघ १२ः४६ सम्म, त्यसपछि शिव योग, करणः कौलव ६ः०७ सम्म, त्यसपछि तैतिल ५ः०९ सम्म, त्यसपछि गर,चन्द्रराशिः मिथुन, आज नवमी श्राद्ध – पितृपक्षको नवमी तिथि,जितिया व्रत समापन,आजको दिन पितृकार्यको लागि शुभ मानिन्छ ।

image

नयाँ कार्य सुरु गर्न उत्साह बढ्नेछ । रोकिएका काम बन्नेछन् । आर्थिकः नयाँ आम्दानीको स्रोत फेला पर्ने छ रोकिएको धन प्राप्ति हुने योग छ परिवारमा विशिष्ट व्यक्तिको भेटले मन प्रसन्न हुनेछ । प्रेमी प्रमिकासँगको रमाइलो भेटघाटले मन प्रशन्न हुनेछ । शुभ रंगः निलो र शुभ अंकः ६

image

धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । कला र वाणीको प्रभाव बढ्ने। आर्थिकः कारोबार विस्तारको योजना बन्ने। परिवारमा खुसीयाली। शुभ रंगः हल्का निलो, अंकः ३

image

न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पुरा हुने। आर्थिकः उत्तम रोजगारी वा पदोन्नतिको योग छ । वस्त्र–अलंकार प्राप्ति हुनेछ। परिवारमा वैचारिक मतभेद हुन सक्छ तर अरुको कुरा सुनेर निर्णय नलिनुहोला । शुभ रंगः पहेँलो, अंकः २

image

चलाखीपूर्ण बोलीले काम बन्नेछ । आयआर्जनमा सुधार। स्वास्थ्यः स्वास्थ्य प्रति सजग रहनुपर्नेछ । आहारमा ध्यान दिनुहोला । प्रेमः पुनर्मिलनको योग। शुभ रंगः निलो, अंकः २

image

रमणीय यात्राको योग छ । अग्रजको सुझावले अवसर मिल्ने। आर्थिकः मनोरञ्जनमा खर्च बढ्ने, विरोधी सक्रिय रहलान् सावधान रहनुहोस्। प्रेमः सामिप्यता बढ्ने। शुभ रंगः खैरो, अंकः ३

image

पुरानो विवाद सुल्झने, आयस्रोत बढ्ने योग छ । विद्यार्थीलाई राम्रो परिणाम। स्वास्थ्यः सौन्दर्यतामा खर्च, सेतो पहिरनले लाभ। शुभ रंगः हरियो, अंकः ६

image

ठेक्कापट्टा र कृषिबाट लाभ, साहसिक कार्य गर्ने समय छ । आर्थिकः दिगो फाइदाको काम सुरु गर्ने समय। परिवारः अतिथि आगमन, बोलीको भरमा कार्य सम्पादन। शुभ रंगः सेतो, अंकः ७

image

शुभचिन्तकको सल्लाहले काम सजिलै बन्नेछ । नोकरीमा उच्च अधिकारीको सहयोग। प्रेमः सुमधुर। सावधानीः आश्वासन बाँड्नेहरुले झुक्याउन सक्छन्। शुभ रंगः पहेँलो, अंकः २

image

आत्मविश्वास वृद्धि हुनेछ । विशिष्ट व्यक्तिको भेटले प्रसन्नता छाउनेछ । आर्थिकः सवारी खरिद–बिक्री योग। परिवारः सुखमय। शुभ रंगः सेतो, अंकः ८

image

अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने छ । अरुको मुख नहेरी निर्णय लिन सके अवसर मिल्नेछ । आर्थिकः गुप्त कारोबारमा हानि हुन सक्छ सचेत रहनुहोला । शुभ रंगः खैरो, अंकः ४

image

आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग। आर्थिकः शत्रुले सामना गर्न सक्दैनन्, बिक्रीबट्टामा वृद्धि। प्रेमः पतिपत्नीमा सामान्य विचार नमिल्न सक्छ। शुभ रंगः सेतो, अंकः ६

image

एकाग्रतामा कमी हुन सक्छ । लक्ष्य प्रति सचेत हुनुपर्ने देखिन्छ । आर्थिकः छलछाम नगर्नुहोला। प्रेमः गोपनीय कुरा खुलाएमा प्रेम सफल बन्ने। शुभ रंगः पहेँलो, अंकः ३

~ज्यो कलानिधी WhatsApp 9803032959