NIMB Long Banner Ad

नेपालबाट मनसुन बाहिरिँदै, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने

338
shares

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनमै देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिनेछ।

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी अधिकांश भाग तथा गण्डकीका पश्चिमी केही स्थानबाट मनसुन बाहिरिसकेको छ। मनसुन बाहिरिने क्रममा रहे पनि स्थानीय र पश्चिमी वायुको प्रभावले आज कोशी, बागमती, गण्डकी र लुम्बिनीसहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ।