कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो
वि.सं.२०८३ असोज १८ आइतवार ०८:३०
975
shares
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।
महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने कार्यतालिका छ।
महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।
महाधिवेशनका लागि खुलामञ्चमा मञ्च तथा बन्दसत्रका लागि तीनवटा हल तयार पारिएका छन्। यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ।















