NIMB Long Banner Ad

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

273
shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।