भीष्मराज आङ्देम्बे कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
वि.सं.२०८३ असोज १८ आइतवार १२:३३
351
shares
shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विधान संशोधन गरेर उपसभापतिको संख्या तीन बनाइए आफू उम्मेदवार बन्ने उनले बताएका हुन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले एक वरिष्ठ र एक महिला उपसभापति थप्ने निर्णय गरेको छ। यो व्यवस्था लागू भए कांग्रेसमा उपसभापतिको संख्या चार पुग्नेछ।
कांग्रेसको १५औँ महाधिवेशनमा विधान संशोधन गरी पदाधिकारीको संख्या थप गर्ने तयारी भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी घोषणा भएको हो। उनी यसअघि कांग्रेसका सहमहामन्त्री थिए भने हाल संसदीय दलका नेता छन्।















