कांग्रेसको १५औँ महाधिवेशन जारी, विभिन्न दलका शीर्ष नेताहरू सहभागी
वि.सं.२०८३ असोज १८ आइतवार १५:३३
793
shares
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प: समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो।
उद्घाटन समारोहमा सहभागी हुन नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी र जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत विभिन्न दलका नेताहरू पुगेका छन्।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुनेछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ।















