NIMB Long Banner Ad

बागलुङमा सडक निर्माणका क्रममा ढिस्को खस्दा दुई श्रमिकको मृत्यु

286
shares

बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन श्रमिकमध्ये दुई जनाको मृत्यु भएको छ । एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।

मृत्यु हुनेमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा रहेका छन्। घाइते रोल्पाका कृष्ण घर्तीमगरलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको छ।

आज बिहान करिब साढे ७ बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला जेसिबीले माटो काट्ने क्रममा अचानक ढिस्को खसेर श्रमिकहरू पुरिएका प्रहरीले जनाएको छ।