मनकामना केबलकार मंगलबार एक दिन बन्द
वि.सं.२०८३ असोज १९ सोमवार ११:२१
208
shares
shares

चितवन । मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ।
मनकामना दर्शन प्रालिका अनुसार नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको हो। चाडपर्वअघि सेवा सुरक्षित र व्यवस्थित बनाउन पूर्वनिर्धारित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार असोज २१ गते बुधबारदेखि केबलकार सेवा नियमित सञ्चालन हुनेछ।















