प्रधानसेनापति सिग्देल साताव्यापी भ्रमणका लागि बेलायत प्रस्थान
वि.सं.२०८३ असोज १९ सोमवार १२:३७
156
shares
shares

काठमाडौँ, असोज १९ गते । प्रधानसेनापति अशोक राज सिग्देल साताव्यापी भ्रमणका लागि बेलायत प्रस्थान गर्नुभएको छ।
बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा उहाँ असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनुहुनेछ।
भ्रमणले नेपाल–बेलायतबीचको सैनिक सम्बन्ध थप सुदृढ हुने नेपाली सेनाले जनाएको छ। उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।















