NIMB Long Banner Ad

सुनको भाउ घट्यो, चाँदी बढ्यो

65
shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी ४० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ९०० रुपैयाँ थियो।

यस्तै, चाँदीको भाउ आज तोलाको ४ हजार ४३० रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।