एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
वि.सं.२०८३ असोज २१ बुधवार २३:१६
920
shares
shares

असोज २१ काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।
खेलमा भएको ठगी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबी स्रोतले उल्लेख गरेको प्रतिवेदनमा जनाइएको छ।
उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष सीआईबीले गरेको अनुसन्धानमा उल्लेख छ। यसअघि सीआईबीले गत असोज २ गते एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई नियन्त्रणमा लिएको थियो।
















