NIMB Long Banner Ad

१५३ पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय, यस्तो छ अन्य मन्त्रिपरिषद्को निर्णय

897
shares

काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित रोखरेलले जानकारी दिनुभयो ।

बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ ।

यस्तै, नेपाल इन्जिनियरिङ सेवाका सहसचिव नवीनराज सिंह र नेपाल प्रशासन सेवाका सहसचिव चक्रबहादुर बुढालाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ । नेपाल लेखापरीक्षण सेवाका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।