NIMB Long Banner Ad

चाडपर्वमा ललितपुरको सुरक्षा कडा, १ हजार ३४१ प्रहरी परिचालन

483
shares

ललितपुर । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

योजनाअन्तर्गत दैनिक ड्युटीमा १ हजार १५१ सहित कमान्ड फोर्स गरेर १ हजार ३४१ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताउनुभयो।

भीडभाड हुने बजार, सुन पसल, बैंक, सपिङ कम्प्लेक्स, बसपार्क तथा बस स्टपमा सुरक्षा बढाइएको छ। २४ स्थानमा चौबीसै घण्टा पिकेट राखिएको छ।

सादा पोशाकका प्रहरी, सीसीटीभी र ड्रोनमार्फत समेत निगरानी गरिने प्रहरीले जनाएको छ।